३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थपियाे

१६ फागुन, काठमाडाैँ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । अब कम्पनीको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, सोमबारदेखि स्थानीय सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीको पहिलो चरणमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस), रामेछाप, लिख तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

प्रकाशित मिति : February 28, 2022 at 10:02 am