माधव नेपाल र अग्नि सापकोटाको पद जोगाउन एमसीसी पारित गर्न तयार भएँः अध्यक्ष प्रचण्ड
१५ फागुन, काठमाडौँ । विभिन्न समयमा कहिले कसैलाई बनाइदिएँ त कहिले कसैलाई सिध्याइदिएँ भन्दै क्रान्तिका कुरा गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्नि सापकोटाको सभामुख पद र माधवकुमार नेपालको सांसद पद जोगाउनका लागि आफू एमसीसी पारित गर्न तयार रहेको बताएका छन ।
एकै रातमा युटर्न भएर एमसीसीको पक्षमा खुल्नुको कारण बताउँदै प्रचण्डले एमालेबाट आफैँले सडकमा ल्याएर नयाँ पार्टीको नेतृत्वमा पुर्याएका माधव नेपाललाइ सदनमा कायम राख्न आफूले पार्टीको नीतिविपरित निर्णय लिएको बताएका हुन ।
प्रचण्डले सभामुखमा रहेका अग्नि सापकोटामाथि कांग्रेस र एमालेले महाभियोग लगाएर पारित समेत गर्ने गरी योजना बनाएपछि आफू एमसीसीको पक्षमा खुल्न तयार भएको बताए । उनले कांग्रेसले एमालेको भूत देखाएर त्रसित बनाएपछि सम्झौता अनुमोदनका लागि बाध्य भएको बताएको माओवादी बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रकाशित मिति : February 27, 2022 at 8:07 pm









