प्रचण्ड एमसीसीमा बिकेको भन्दै माओवादीका प्रभावशाली युवा नेता बोहोरा एमाले प्रवेश
१५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसीको पक्षधर भएको केही घण्टामै एक प्रभावशाली युवा नेताले पार्टी परित्याग गरेका छन । सुदुरपश्चिम प्रदेश कमिटीमा रहेका पूर्व लडाकू समेत रहेका भरत बोहोराले प्रचण्ड एमसीसीमा बिकेको भन्दै माओवादी परित्याग गरेको घोषणा गरेका छन ।
उनले माओवादी एमसीसीको पक्षमा मतदान गर्न तयार भएको केही घण्टामा नेकपा एमाले प्रवेश गरेको घोषणा गरे । सदुरपश्चिम प्रदेशमा जारी नेकपा एमालेको अभिमुखीकरण कार्यक्रममा पुगेर उनले एमाले प्रवेश गरेको घोषणा गरे । बोहोरालाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

प्रकाशित मिति : February 27, 2022 at 6:06 pm









