एमसीसी नेपालको हितमा छैन : मेटमणि चौधरी
१५ फागुन, काठमााडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेकाले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे ।

सन् २०१७ र २०१९ मा सम्झौता फरक फरक रहेको भन्दै उनले कुनै पनि हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताए । एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्न नसक्ने उनकाे भनाइ थियाे ।
प्रकाशित मिति : February 27, 2022 at 5:21 pm









