नेपालको स्वाभीमान तलमाथि पारेर दिइने सहयोग चाहिँदैनः झलनाथ खनाल
१५ फागुन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने बताए ।

उनले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताए । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्षाएको उनले जनाए । ‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ , म त्यसको निन्दा गर्दछु,’ उनले भने ।
प्रकाशित मिति : February 27, 2022 at 3:58 pm









