एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : भिम रावल
१५ फागुन, काठमाडाैँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार भएकाे बताएका छन् ।
उनले प्रतिनिधिसभाको आइतबारकाे बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने बताए ।
उनले भने ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, । एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने उनकाे भनाइ छ ।

उनले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गरे । एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि दमन भएको भन्दै उनले सरकारको आलोचनासमेत गरे । उनले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै भएकाे दावी गरे ।
प्रकाशित मिति : February 27, 2022 at 3:44 pm









