५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

माओवादी बैठक सकियो, सत्ता गठबन्धन जोगाउन एमसीसीको पक्षमा मतदान गर्ने निर्णय

१५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ।  एमसीसीको अनुमोदन गर्ने विषयमा निर्णय लिन बसेको बैठक भर्खरै सकिएको र एमसीसी अनुमोदन गर्ने निर्णय भएको शिक्षामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल सुनिलले जानकारी दिए ।

सत्ता गठबन्धन जोगाउन एमसीसीको पक्षमा मतदान गर्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए । बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए ।

प्रकाशित मिति : February 27, 2022 at 10:57 am