मन्त्रीदेखि गाउँपालिकाका प्रमुख र उप्रमुखले नेकपाको कार्यकारी जिम्मेवारी नपाउने
२४ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले राजकीय जिम्मेवारी पाएका नेताहरूलार्इ पार्टीको कार्यकारी भूमिका नदिने भएको छ । नेकपाको केन्द्रीय सचिवालयको अाज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मन्त्रीहरु, प्रदेशको संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, जिल्ला समन्वय समितिका सभापति, उपसभापति नगर र गाउँ पालिकाका प्रमुख उपप्रमुखलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको हो ।
नेकपाको यो निर्णयले नेताहरूको व्यवस्थापनमा सहज हुने अनुमान गरिएको छ । त्यस्तै बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको टोलीले चीन भ्रमण गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १७:३८