५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमाले र माओवादीका शीर्ष नेताबीचकाे छलफल सकियो

१२ फागुन, काठमाडाैँ  । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक सकिएको छ । बिहीबार अपराह्न संघीय संसद् भवन बानेश्वारमा बसेको एमाले र माओवादीबीच छलफल भएको हो ।

छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले  उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छलफल सकारात्मक भएको बताए ।


उनले पुनः छलफल गरेर अगाडि सहमति भएकाे तर कुनै एउटा निष्कर्षमा भने पुग्ने अवस्था नबनेको बताए । उनले भने, ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भयो । विगतका कुरालाई समीक्षाका रूपमा राख्यौँ । अब संवाद गर्दै अगाडि बढौँ भन्ने सम्म कुरा भएको छ । अरू ठोस कुरा भएको छैन ।’

प्रकाशित मिति : February 24, 2022 at 7:15 pm