देउवा र ओलीबीचकाे भेटवार्ता सकियाे
१० फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएको छ । साँझ ६:३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि छलफलमा सहभागी भएका थिए ।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल भएकाे ओलीको सचिवालयले जनाएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल भएकाे हाे ।
प्रकाशित मिति : February 22, 2022 at 8:34 pm









