प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
१० फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार साँझ ६:३० बजे उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ । भेटवार्तामा अध्यक्ष ओलीसँगै एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल समेत सहभागी भएका छन् ।
प्रकाशित मिति : February 22, 2022 at 7:27 pm









