सत्ता गठबन्धनमा अर्को बैठक आइतबार बस्ने सहमति
६ फागुन, काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनको अर्को बैठक आइतबार बस्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको छ । सत्तारूढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विरूद्धमा महाअभियोग लगाएको जस्तै छापामार शैलीमा एमसीसी संसदबाट अनुमोदन गराउने उपायको खोजी गरिरहेका छन ।
माओवादीको दोहोरो भूमिकाका कारण अन्य दलहरू पनि एमसीसीको विषयमा दुबिधामा परेका छन । कतिपय दल त फुटको संघारमै पुगिसकेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा अन्तिम समयसम्म सहमतिको प्रयास गरेजस्तो गर्ने र फागुन १६ को मिति कट्न नदिइ एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा करिब सहमति रहेको छ ।
जनताको आँखामा छारो हाल्नका लागि तत्काल माओवादीले नमानेको जस्तो देखाउने सहमतिका नाममा दिनहुँजस्तो बैठक भैरहेका छन । शुक्रबारको बैठकमा अर्को बैठक आइतबार बस्ने गरी गठबन्धनमा सहमति भएको छ । अब आइतबार फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने छ र फेरि अर्को बैठको मिति तय हुनेछ ।
प्रकाशित मिति : February 18, 2022 at 11:56 am



