५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सर्वोच्चमा महाअभियोग लगाउनुपर्ने धेरै छन् : महासचिव पोखरेल

४ फागुन, सिन्धुपाल्चोक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महाअभियोगको प्रस्ताव जोसुकैले ल्याए पनि पास नहुने दाबी गरेका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले महाअभियोगको प्रस्ताव जोसुकैले ल्याए पनि पास नहुने दाबी गरेका हुन् । उनले सर्वोच्च अदालतमा महाअभियोग लगाउनुपर्ने धेरै व्यक्तिहरू रहेको पनि बताए ।

महासचिव पोखरेल भन्छन्, ‘अहिले संसद्भित्र जे समीकरण छ । महाअभियोग कसैको पनि पास हुँदैन, हामीले पेस गरे पनि पास हुँदैन, सत्तापक्षले पास गरे पनि पास हुनेवाला छैन, यो न्यायाधीश तर्साउनलाई मात्रै हो ।’

पाँच दलीय सत्ता गठबन्धनले न्यायाधीश तर्साउन थालेकाले आवश्यक परे आफूहरूले पनि हतियार प्रयोग गर्न सक्ने बताए। महासचिव पोखरेलले सत्तापक्षले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर गलत गरेको भन्दै सच्याउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : February 16, 2022 at 7:13 pm