२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

झण्डै ५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

१ फागुन, काठमाडौँ । सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ ली शनिबार दुबईबाट हिमालय एयरलाइन्समार्फत काठमाडौँ उत्रिएका थिए ।

हिमालय एयरको उडानद्वारा काठमाडौँ आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेकाे हाे । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : February 13, 2022 at 2:16 pm