चुनावअघि एमसीसीको कुरा बन्द गराैँः अध्यक्ष प्रचण्ड
२८ माघ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषय बन्द गर्नुपर्ने बताएका छन । उनले चुनावपछिमात्र एमसीसीको छलफल अघि बढाउनुपर्ने र त्यसपछि पारित गर्नुपर्ने बताएका छन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार साँझ भएको टेलिफोन वार्ताका बारेमा प्रस्टीकरण दिदैँ प्रचण्डको सचिवालयले निर्वाचन पछि मात्रै एमसीसी पारित गर्नुपर्ने बिषयमा प्रचण्डले छलफल थालेको बताएको छ ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्ड र एमाले ओलीका बीचमा टेलीफोन सम्वाद भएको जनाउँदैँ, ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं।’ भन्दै प्रस्ताव गरेको स्विकार गरेका छन् ।
प्रकाशित मिति : February 11, 2022 at 2:44 pm









