३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमसीसी पास गर्न ओलीलाई प्रचण्डको फाेन, ओलीले दिए कडा जवाफ

२८ माघ, काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी अनुमाेदनमा सहयोग मागेका छन । बिहीबार राति ओलीसँग टेलिफाेनमा कुरा गर्दै प्रचण्डले सहयाेगकाे याचना गरेका हुन । उनले एमालेले निर्णय नगर्दा आफूहरु समस्यामा परेकाे भन्दै एमसीसीका बारेमा छिटाे निर्णय गरेर अनुमाेदनमा सहयाेग गर्न आग्रह गरेका छन ।
दुई अध्यक्षकाे टेलिफाेन संवाद पुष्टि गर्दै एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट रहेकाे बताए ।

टेलफाेन संवादबारे उनले भने
‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन´ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्;  नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

प्रकाशित मिति : February 11, 2022 at 8:52 am