३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

माओवादीमा एमसीसीको साइड इफेक्टः प्रचण्डले स्थगित गरे केन्द्रीय कमिटी बैठक

२७ माघ, काठमाडाैँ । माओवादीमा एमसीसीको साइड इफेक्ट परेको छ । माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ। यद्यपी एमसीसीको बिरोधमा केही केन्द्रीय सदस्य उग्र रूपमा लागेकाले तत्कालका लागि बैठक नबस्ने नीति प्रचण्डले लिएको बुझिएको छ ।

माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो । माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।

प्रकाशित मिति : February 10, 2022 at 4:36 pm