३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिने मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह

२३ माघ, काठमाडौँ । नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा योजना मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र ओली थिए । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताए । ‘गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति मानवता विरुद्धको अपराध हो ।

त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस्’ ओलीले भनेका थिए । माघ पहिलो साता रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी थिइन् ।

प्रकाशित मिति : February 6, 2022 at 9:20 pm