एमसिसीलाई पठाएकाे पत्र लुकाएर देउवा र प्रचण्डले जनताकाे अपमान गरेः सचिव भट्टराई
२३ माघ, काठमाडाैँ । नेकपा एमालेका सचिव याेगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई पठाएकाे पत्र लुकाएर जनताकाे अपमान गरेकाे बताएका छन् ।
सचिव भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत देउवा र प्रचण्डले एमसिसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान भएकाे बताएका हुन् ।

उनले लोकतान्त्रिक राज्यमा नागरिकको सुचनाको हक संबैधानिक अधिकार भएकाे उल्लेख गर्दै सरकारले उक्त अधिकारलाई कुन्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको आराेप समेत लगाएका छन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसिसीलाई पठाएकाे पत्र आज बिहान मात्रै सार्वजनिक भएकाे थियाे ।
प्रकाशित मिति : February 6, 2022 at 9:05 pm









