३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएः उपमहासचिव ज्ञवाली

२३ माघ, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले सरकारको क्रियाकलापले राज्यका तीन वटै निकायहरु असफलतातर्फ उन्मुख भएको र लोकतन्त्र नै संकटमा पुगेको बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नु पर्ने भन्दै गठबन्धन सरकारले आफ्नो अनुकुलताका लागी संविधानको मर्म माथि प्रहार गरेको समेत बताए ।

उनले वर्तमान सरकारले एमसिसीको बारेमा दोहोरो चरित्र देखाएको आरोप लगाउदै एमसिसीका प्रतिनिधिलाई एमसिसी पारित गर्ने प्रतिबद्धता व्यक्त गर्ने र नेपाली जनतालाई एमसीसीको बारेमा गुमराहमा राख्ने काम गरेको जिकिर गरे ।

पूर्व मन्त्री समेत रेका ज्ञवालीले सभामुखले संसदलाई बन्धक बनाएको आरोप लगाउदै सभामुखको भुमिका नै विवादास्पद रहेको बताए । उनले एमसीसी संसदमा लगेपछि नेकपा एमालेले आफ्नो धारणा राख्ने प्रष्ट पारे ।

प्रकाशित मिति : February 6, 2022 at 4:02 pm