३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सेटिङको परमादेशबाट प्रतिपक्षमा पुगेपछि ओली पहिलो पटक बालुवाटार जाँदै

२३ माघ, काठमाडौँ । विभिन्न स्वार्थ समूहको सेटिङमा सर्वोच्चले दिएको परमादेशले प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेतामा समीति भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असारपछि पहिलो पटक आइतबार प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा ओली महासचिव शंकर पोखरेलसहित बालुवाटार जाने तयारी भएको एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन ।

अपरान्ह ४ बजे ओली र पोखरेल बालुवाटार जाने रिजालले बताएका छन । प्रधानमन्त्री देउवा आफैँले टेलिफोन गरेर अध्यक्ष ओलीलाई विविध विषयमा छलफलका लागि बोलाएपछि बालुवाटार जान लागेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : February 6, 2022 at 3:37 pm