३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः नेता बस्नेत

२३ माघ, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताएका छन । सामाजिक सञ्जालमा टिप्पणी राख्दै उनले यस्तो बताएका हुन ।

बस्नेतको टिप्पणी यस्तो छ, ‘नेपालको राजनीतिज्ञ मध्य दोहोरो चरित्र भएका नेता पुष्प कमल दहाल प्रचण्डको एम सी सी परियोजनाका सन्दर्भमा फेरी एक पटक धोति फुस्किएको छ्। राजनीतिमा कलाकारिता मिसाउन र आफ्नो स्वार्थ प्राप्तिको लागी रास्ट्रघात, भ्रष्टाचार र अपराध जे पनि गर्न तयार च्याँखे दाउबाट आफ्नो अभिष्ट पुरा गराउन खोज्ने प्रचण्ड तीनका मतियार माकुनेहरुलाई बेलैमा चिन्दै नंग्याउनु परेको छ्। एमाओबादी र नेकपा एसका इमान्दार कार्यकर्तालाई नेकपा, ( एमाले ) प्रबेश गराउदै आगामी तिनै तहको निर्वाचनमा एमालेको बहुमत ल्याउने आधार निर्माण गरौं।’

प्रकाशित मिति : February 6, 2022 at 2:24 pm