नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा
२३ माघ, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३ प्रतिशत नगद लाभांश रहेको छ। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १३:३३