३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

साना साना झुपडीको आवश्यकता नरहेको भन्दै माओवादी नेता एमालेमा प्रवेश

२१ माघ, गल्काेट । गल्कोट नगरपालिका ११ रिघाका बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् । लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनिति गरेका नेपाली पुर्व गाविस अध्यक्ष समेत हुन् । राजमो पछि नेकपा माओवादी हुँदै नेकपामा आबद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टिका उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरेका थिए ।  एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउदै अव एउटै कम्युनिष्ट पार्टिले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : February 4, 2022 at 5:10 pm