३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री शेरधन राई

२० माघ, काठमाडौँ । पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए ।

यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए । प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ ।

प्रकाशित मिति : February 3, 2022 at 4:14 pm