एमाले केन्द्रीय प्रचार विभागमा ९ सदस्य मनोनीत
१९ माघ, काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ सदस्य मनोनीत गरेको छ । आज भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल रहेका छन् । आज बसेकाे बैठकले ९ जना सदस्य थप गरेको छ । थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, चेतन अधिकारी, महेश दास र रोशन खडका रहेका छन् ।
प्रकाशित मिति : February 2, 2022 at 7:12 pm









