३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

१९ माघ, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

 

सचिवालयका अनुसार उनिहरुबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहायता परियोजना (एमसीसी) लगायतका विषयमा छलफल भइरहेको छ । देउवाले पछिल्लो समय एमसीसी अनुमोदन गर्न दबाब बढाएपछि गठबन्धनमा चिसोपना आएको छ । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : February 2, 2022 at 1:57 pm