३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रचण्ड र माधव नेपाल भनेका स्याल र फ्याउरा जस्ता हुनः पूर्वमन्त्री बस्नेत

१४ माघ, काठमाडाैँ । नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाललाई स्याल र फ्याउराको संज्ञा दिएका छन। “आफ्नो हैसियत सकिएका स्याल र फ्याउराहरु हात्तीको ढाड चढेर सिंहलाई चुनौती दिंदै हिडेका छन । काङ्ग्रेसले ढाडबाट खसालिदिए पछी प्रचण्ड र माधवको पार्टी धुलो पिठो हुन्छ” बस्नेतले भने ।

जनमत नभएको पार्टीको हालत अबको निर्वाचनमा देखिने बस्नेतले बताए । हिजो पनि र आज पनि एमाले सिंह हो, उनले भने । एमाले जनाता, जनमत र जनताको मतको बिश्वास गर्दछ, उनले भने ।राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीले लामाचोक, पदमपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमको आज उदघाटनको अबसरमा बोल्दै एमाले पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज समेत रहेका बस्नेतले सरकारमा रहेका दलहरु स्थानिय निर्वाचनबाट नभाग्न अनुरोध गरे ।

उनले भने- “नेकपा एमाले स्थानिय निर्वाचनको सरकारमा रहेका पार्टीहरुलाई सुपारी दिन चाहन्छ, आउनुहोस निर्वाचनमा हेरौं कस्को हैसियत कस्तो छ ?” चुनाव सार्ने र चुनावबाट भाग्नेहरुको युवा संघले हिसाब राख्ने र सधैं खबरदारी समेत गर्ने बस्नेतले बताए । निर्वाचन कुनै हालतमा पनि सार्न नदिन युवाहरुको खबरदारी मात्र नहुने भन्दै एमाले नेता बस्नेतले निर्वाचन समयमै गराउन एमालेले जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए ।

जनाधार नभएका दलहरु क्याल्कुलेटरको हिसाबमा चुनाव हार्ने देखेर सरकारमा रहेकाहरु संविधानलाई छिद्र बनाउन लागिपरेको समेत बस्नेतको टिप्पणी थियो । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष किरण पौडेल, पुर्व केन्द्रिय सदस्य लक्ष्मण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय युवा संघ कालिकाका ईन्चार्ज अमृत घिमिरेले संचालन गरेको कार्यक्रममा चितवन क्षेत्र नं २ का साम्सद कृष्णभक्त पोख्रेल, एमाले पार्टी जिल्ला सचिब प्रकाश खनाल, एमाले कालिका नगर सचिब शुदर्शन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : January 28, 2022 at 3:18 pm