आगामी निर्वाचनमा आउने परिणामबाट तर्सिएर चुनाव सार्न खाेजियाे : सचिव विष्ट
१४ माघ, काठमाडाैँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार एक स्टाटस लेख्दै सचिव विष्टले सत्ता गठबन्धन संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको बताएका हुन् ।
निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको उनको भनाइ छ।

उनले भनेका छन्,’आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन ।’
उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । उनले भनेका छन्,’संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।’

प्रकाशित मिति : January 28, 2022 at 9:08 am









