१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संविधान चाँडै संशोधन हुन्छः अध्यक्ष प्रचण्ड

२० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान परिमार्जनको आवश्यकता रहेका बताएका छन । आइतबार बाराको विश्रामपुर गाउँपालिकाको गाउँसभाबाट पारित ऐन नियम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान परिमार्जनको आवश्यकता रहेको बताए ।

उनले संविधान एक परिवर्तनशील दस्तावेज भएको बताउँदै समयानुकूल नागरिकको माग अनुसार यसलाई परिवर्तन गर्न सकिने र मधेशको माग पूरा गर्न चाडै संविधान संशोधन गर्ने बताए । राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १७:२७