११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

नेकपाकाे जिल्लास्तरीय एकीकरण रसुवाबाट सुरू, १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत

२० साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे  जिल्लास्तरीय एकीकरण सुरू भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रलार्इ जिल्लामा एकीकरण गर्नेमा रसुवा पहिलो जिल्ला बनेको छ । प्रदेश ३ को रसुवाको तत्कालीन एमाले र माअोवदीको सचिवालय र पदाधिकारीको पटक पटकको बैठकबाट एकीकरण सम्भव भएकाे हो ।

केन्द्रले तोकेको मापदण्ड अनुसार रसुवाले १२५ सदस्य कमिटी र त्यसमा एक प्रदेश बराबरकाे १० जना गरेर १३५ जनाको नाम प्रस्ताव गरिएको नेकपाका एकजना नेताले दैनिकीलार्इ जानकारी दिए । अाइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ को कार्यदल समक्ष रसुवा जिल्लाको तर्फबाट जिल्ला कमिटीको संयुक्त नामावली पेश गरेकाे नेकपाका केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिए । जिल्लाको तर्फबाट सर्वसम्मत नामावली पेश गर्ने रसुवा जिल्ला पहिलो भएको छ ।

अर्यालका अनुसार सहमतिको आधारमा समयमा नै कार्य सम्पादन गरेकोमा कार्यदलको तर्फबाट रसुवाको पार्टी नेतृत्वलाई बधाई एवं धन्यवाद ज्ञापन समेत गरेको छ । जिल्लाको तर्फबाट टुङ्गो लागेको नामावली कार्यदलबाट अन्तिम निर्णय नभएसम्म जिल्ला नेतृत्वले सार्वजनिक नगर्न कार्यदलको तर्फबाट कडाइका साथ निर्देशन भएको समेत उनले जानकारी दिएका छन ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १६:३६