नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद कमल पंगेनीको ह्रदयघातका कारण निधन
२० साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीकाे आज बिहान ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको स्याङ्जास्थित अाफ्नै निवासमा निधन भएको हो । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत हुन । उनी संविधानसभाका सदस्य समेत थिए ।
मिडियामैत्री पंगेनीले गत वर्षको साउन १५ गते संसदमा बाँदर आतंकको कुरा उठाउँदा धेरैले स्यावासी दिएका थिए । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाएका थिए ।
?नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति, पूर्वसांसद, पार्टीका एक कर्मठ र सधै क्रियाशिल मेरा मित्र कमल पंगेनीको निधनको खवरले निकै स्तव्ध छु । पत्याउनै नसकिने यो खवरले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको छ । तिम्रो आत्माको चिर शान्तिको कामना, पार्थिव शरिप्रति हार्दिक श्रदाञ्जली !
— Sher Bahadur Deuba (@DeubaSherbdr) August 5, 2018
प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०९:०१