१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

न्यायाधीशहरूले बेञ्च बहिष्कार गर्ने भएपछि प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च नजाने

१९ साउन, काठमाडौं । प्रधानन्यायाधीशमा अयोग्य ठहरिएका  कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा बस्ने भएका छन् । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशी बिदामा बस्न लागेका हुन ।

अन्य न्यायाधीशले बेञ्च बहिष्कार गर्ने तयारी गरेपछि जोशीले बिदामा बस्ने निर्णय लिएका हुन । उनले राजीनामा भने नदिने अडान लिएका छन् । उनको उक्त अडानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत बल दिएको छ ।

उनले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेका छन । जोशी सर्वोच्च नजाने  भएपछि त्यसपछिका वरिष्ठतम न्यायाधीश अोमप्रकाश मिश्रले पेशी तोक्ने  सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १७:५१