२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

उच्चस्तरीय राजनीतिक समन्वय समितिकाे बैठकः संसदको गतिरोध हटाउन पहल गर्न आग्रह

२२ पुस, काठमाडाैँ । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदमा देखिएको गतिरोध हटाउनका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समिति बैठकले सहमति र सम्झौताका साथ सहमतिको बिन्दु खोज्दै सदनको अवरोध खोल्न आग्रह गरेको हो ।

बैठकपछि समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध, अदालतको समस्या, एमसीसीको बिषय लगाएतमा सहमति खोज्न आग्रह गरिएको जानकारी दिए । मुलुकमा देखिएको गतिरोध अन्त्य गर्न १६ बुदे सुझाव बैठकमा पेश गरेको र शुक्रबारदेखि त्यसमा छलफल हुने उनले बताए । उनले प्रधानमन्त्रीलाई प्रतिपक्षी दलका नेतासंग कुरा गर्न पनि अनुरोध गरिएको जानकारी दिए ।

त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको छ ।

बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगाएतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : January 6, 2022 at 1:12 pm