११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त, पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा बढुवा

१८ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

यस्तै स्वास्स्थ्य  राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । अर्याललार्इ भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी तोकिएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवलार्इ दिइएको छ । मन्त्री  र राज्यमन्त्रीको सपथ साढे ४ बजेका लागि तय भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १४:३९