५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी

२१ पुस, काठमाडौँ । सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिएको जनगुनासोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘विगतमा यस मन्त्रालय र गृह मन्त्रालयले समेत निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’ विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : January 5, 2022 at 7:13 pm