माओवादीले जनवादलाई ‘म हो वाद’ मा झार्योः डा भीम रावल
२१ पुस, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले माओवादी केन्द्रले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिक्रिया जनाउँदै डा रावलले भनेका छन ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन् गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।’

एक साता भन्दा लामो समय लगाएर भएको माओवादीको महाधिवेशनले प्रचण्डको अध्यक्षतामा २४६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । २९९ सदस्यी कमिटीको बाँकी सदस्य पछि चयन हुने माओवादीले जनाएको छ ।
प्रकाशित मिति : January 5, 2022 at 11:13 am









