नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्ष
१९ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुनः पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।
प्रकाशित मिति : January 3, 2022 at 5:10 pm









