माधव नेपालका नेता कांग्रेसमा प्रवेश गर्न थाले, स्वागतका लागि पुगे गगन थापा
१९ पुस, अर्चाखाँची । अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नेता नेपाली कांग्रेस प्रवेश गर्न थालेका छन । माधव नेपालको पार्टीबाट पहिलो पटक कांग्रेस प्रवेश गर्ने एक नेतालाई गगन थापाले स्वागत गरेका छन । उनले अर्घाखाँची पुगेर नेकपा एकीकृत समाजवादीका नेतालाई कांग्रेसमा स्वागत गरेका हुन ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एस परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी हुन । उनी आगामी निर्वाचनमा कांग्रेसबाट टिकट पाउने सुनिश्चित भएपछि पार्टी प्रवेश गरेको बुझिएको छ । उनलाइ नेपाली कांग्रेस महामन्त्री गगन थापा लगायतले स्वागत गरे । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको आमसभामा उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गरेकी हुन् ।

उनी गत स्थानीय निर्वाचनमा कांग्रेस उम्मेदवारलाइ पराजित गर्दै उपाध्यक्षमा विजयी भएकी थिइन । गौतमले कांग्रेसकी अम्बिका पोखरेललाई १ सय ३५ मत अन्तरले हराउँदै उपाध्यक्षमा बाजी मारेकी थिइन । गौतमले ५ हजार ५ सय ४७ मत र पोखरेलले ५ हजार ४ सय १२ मत ल्याइन् । अध्यक्षमा भने कांग्रेसकै अच्युत गौतम विजयी भएका थिए । गाैतम माधव नेपालले अध्यादेशको पार्टी बनाएपछि नेकपा एसमा लागेकी थिइन । (यसअघि समाचारमा नेकपा एस हुनुपर्नेमा एमाले भएकाले सच्याइएको छ ।-सम्पादक)

प्रकाशित मिति : January 3, 2022 at 2:48 pm









