सत्तारूढ दलको भागवण्डा टुंगियो, राष्ट्रियसभामा कांग्रेसले ६ सिट पाउने
१९ पुस, काठमाडाैँ । सत्तारूढ दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि भागवण्डा टुंग्याएका छन । सोमबार बिहान प्रधानमन्त्री निवासमा बसेको सत्ता साझेदार दलहरूको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेको हो ।
भागवण्डा अनुसार कांग्रेसले ६ सिट पाउनेछ । त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५ पाउने छ भने जसपाले २ र जनमोर्चाले १ सिट पाउने छ । खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।
प्रकाशित मिति : January 3, 2022 at 1:16 pm









