३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

प्रचण्डले प्रस्तुत गरे समावेशी समानुपातिक अन्तर्गत खसआर्यतर्फ १३ जनाको नाम (सूचीसहित)

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा अकेन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन्। २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको उनले बताएका छन।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने ।
बन्दसत्रमा प्रचण्डले समावेशी समानुपातिक तर्फ खस आर्यतर्फ १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।
जसअनुसार

समावेशी समानुपातिक तर्फ खस आर्यतर्फका केन्द्रीय सदस्य
नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

प्रकाशित मिति : January 2, 2022 at 6:25 pm