गोपाल पराजुलीलाई जस्तै दीपकराज जोशीलाई पनि एउटा पत्र दिएर पदमुक्त गर्न सकिने
१७ साउन, काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले राजिनामा नदिई जबर्जस्ती गर्न खोजे पदमुक्त गर्ने तयारी समेत भएको खुलेको छ । जोशीलाई गोपाल पराजुलीकै शैलीमा पदमुक्त गराउने खेल पनि उत्कर्षमा पुगेको छ । सर्वोच्च अदालतमा रहेका न्यायाधीशरुमा जोशी अहिले एक्लो बनिसकेका कारण पनि उनको पदमुक्त हुने बाटो अलि सहज देखिएको छ ।
विगतमा पराजुलीलाई पदमुक्त बनाएर प्रधानन्यायाधीशको कुर्सीमा बस्न हतारिएका जोशी आज त्यस्तै खालको प्रकरणमा घर जाने अवस्थामा पुगेका छन । न्यायपरिषद्का सचिवले नै दीपकराज जोशीका नक्कली प्रमाणपत्र र विगतका अभिलेख सार्वजनिक गर्न सहयोग गरिरहेको तथ्य पनि यो बीचमा सार्वजनिक भएको छ ।
जोशीका जति पनि प्रमाणहरु बाहिर सार्वजनिक भएका छन त्यसमा परिषद्का सचिवको भूमिकालाई महत्वपूर्ण मानिएको छ । पराजुलीलाई पदमुक्त गराउने शिलशिलमा विभाजित सर्वोच्च यसपटक भने जोशीको कर्तुतका विरुद्धमा एक ढिक्का भएको छ । र उनीहरु न्याय परिषद्का सचिव नृपध्वज निरौलाको एउटा पत्रका आधारमा जोशीलाई घर पठाउन सकिनेमा पनि एकमत देखिएको सर्वोच्च स्रोतले जनाएको छ ।
गोपाल पराजुलीलाई पदमुक्त गरेका कारण जोशीलाई त्यसैगरी पदमुक्त गर्न नजिर समेत मिल्ने भएका कारण उनको प्रधानन्यायाधीश बन्ने सपना नेपाल प्रहरीका पूर्व एआइजी जयबहादुर चन्दको जस्तो हुने करिब निश्चित बनेको छ ।
प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १९:११