२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले बागलुङको अधिवेशनका लागि १४ जना प्रतिनिधि छनोट, उपाध्यक्षमा जिसीलाई उमेदवार बनाउने निर्णय

१६ पुस, बागलुङ । नेकपा एमालेको आसन्न नवौ जिल्ला अधिवेशनका लागि आज जिल्लाका सबै वडा तथा जनवर्गीय संगठनबाट प्रतिनिधि चयन हुदैछन् । जिल्ला अधिवेशनका लागि पुस १६ गते सबै वडामा एकैसाथ प्रतिनिधि चयन गर्न जिल्ला कमिटिले निर्देशन गरेको थियो ।

यसैबीच जिल्लामै एमालेको गढका रुपमा परिचित काठेखोला गाउँपालिका वडा नं. ७ रेशबाट १४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन । खुल्ला तर्फ ८ जना, महिला तर्फ ३ जना, दलित महिला र खुल्लातर्फ ३ जना गरी १४ जना प्रतिनिधि चयन भएको एमाले रेशले जनाएको छ ।

खुल्लातर्फ राम बहादुर जिसी, भूमिराज गौतम, तोप बहादुर कार्की (कृष्ण), अमर बहादुर थापा मगर, बद्रीप्रसाद गौतम, डिल बहादुर कार्की, भक्त बहादुर कुँवर र कृष्ण थापा चयन हुनु भएको छ । यस्तै महिला तर्फ हुमा कुमारी जिसी (अञ्जु), विष्णु गुरुङ र कमला क्षेत्री तथा दलित महिलामा रुपा किसान र दलिततर्फ सुजन नेपाली र चित्र बहादुर विक चयन भएको एमाले रेशका अध्यक्ष भूमिराज गौतमले जानकारी दिए ।

वडा कमिटिको बिहीवार सम्पन्न वैठकले प्रतिनिधि चयन गर्नुका साथै जिल्ला अधिवेशनमा रेशबाट पदाधिकारीमा उमेदवारी दिने निर्णय गरेको छ । एमालेको गढका रुपमा परिचित रेशबाट जिल्ला अधिवेशनमा केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका पूर्व सदस्य राम बहादुर जिसीलाई जिल्ला उपाध्यक्षमा उमेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले रेशका अध्यक्ष भूमिराज गौतमले जानकारी दिए ।

२०४८ सालदेखि नै रेश एमालेको गढका रुपमा स्थापित छ, शुरुदेखि अहिलेसम्म जनमतको हिसावले एमालेका उमेदवारलाई सबैभन्दा बढी मत आउने रेशबाट जिल्लाको नेतृत्व गर्न पाउनु पर्ने निष्कर्षका साथ जिसीलाई उपाध्यक्षमा उमेदवार बनाउने निर्णय गरिएको गौतमको भनाइ छ । रेशबाट पार्टीको जिल्ला नेतृत्व मात्रै होइन, ३० वर्षको समयसम्म कुनै पनि राजकीय पदमा समेत जिम्मेवारी प्राप्त नभएको उनको भनाइ छ ।

रेशको जनमतको सम्मानका लागि पनि जिल्लाभरबाट आउने प्रतिनिधिहरुले रेशको तर्फबाट उमेदवार बन्ने जिसीलाई मत दिएर विजयी बनाउने विश्वासका साथ उमेदवार बनाउन लागिएको उनले बताए ।

प्रकाशित मिति : December 31, 2021 at 6:08 pm