२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बारा इन्चार्ज कुमार मोक्तान माओवादी केन्द्रको महाधिवेशन छाडेर एमाले प्रवेश

१६ पुस, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता एवं बारा इन्चार्ज कुमार मोक्तान माओवादी केन्द्रको महाधिवेशन छाडेर एमाले प्रवेश गरेका छन । बिहिवार साँझ  मोक्तान सहित उनी निकटका माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए। पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताए। एमालेले दशौँ राष्ट्रिय महाधिवेशन पछि एमालेले बृहत पार्टी प्रवेश अभियान चलाएको छ।

प्रकाशित मिति : December 31, 2021 at 1:14 pm