निरु पालको घाँटीमा पेस्तोल राखेर सरकार डगमगाउदैन
१७ साउन, काठमाडौँ । नेकपाकी नेतृ एवम् सांसद निरुदेवी पालले आफ्नो घाँटीमा पेस्तोल राखेर सरकार नडगमगाउने बताएकी छिन । बिहीबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद पालले भनिन् ‘निरु पाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले डराउने वाला छैन । म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनु हँुदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जिन्दगी हो । मेरो अन्तिम सास रहनेबेला सम्म म लडिरहनेछु । म पेस्तोल देखाउँदैमा डराउने मान्छे म होइन ।’
उनले साउन १५ गते साँझ दूध किनेर फर्कँदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरिन । उनले आफूमाथिको घटनाले समग्र मुुलुकभरको सुरक्षा चुनौतीलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराईन ।
प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १५:१९