२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

स्थानीय करवृद्धि बारेमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण

१७ साउन, काठमाडाैँ । प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका, संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै सांसद निरु पालमाथि आक्रमणको प्रयास भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राजधानीको हिलो र धुलोले अस्तव्यस्त सडक सुधार गर्न र फोहर मैला व्यवस्थापन गर्ने कार्यक्रम ल्याउन पनि उहाँहरुले सुझाव दिनुभयो । शून्य समयमा सांसदहरु रगमती शाही, भरतकुमार शाह, महेश बस्नेत, विमल नेपाली, राजन केसी, महेन्द्र कुमारी लिम्बू, मीना सुब्बा, यज्ञबहादुर बोगटी, रामवीर मानन्धर, यज्ञराज सुनुवार, यशोदाकुमारी सुवेदी र रामबहादुर विष्टले भाग लिनुभयो ।

प्रकाशित मिति : 15:00