१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

दीपकराज जोशीविरुद्ध महाअभियोगको तयारी

१७ साउन, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका विरुद्धमा संसदीय सुनुवाईसँगै महाअभियोगको समेत तयारी भएको छ । प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रवक्ताको रुपमा नेपाली कांग्रेसले सडक तताउन खोजेपछि नेकपाका नेताहरुले महाअभियोगको तयारी थालेका हुन । न्याय सम्पादनमा गम्भीर विचलन आएका जोशीको शैक्षिक प्रमाणपत्र माथि थुप्रै प्रश्नहरु उठेका छन ।

जोशीको रेकर्ड परीक्षा नियन्त्रण कार्यालयमा नभेटिएपछि उनले एसएसली उत्तीर्ण नै नगरेको विषयमा सञ्चार माध्यमहरुले प्रमाणसहित समाचार प्रकाशित गरिरहेका छन । जोशीले नेपाल वार एसोशियसन र नेपाली कांग्रेसको साथले नपुगेपछि सांसद निरु पाललाई पोस्तोलधारी पठाएर बैठकमा नजान धम्की दिएको आशंका गरेकोे छ ।

न्यायालको नेतृत्व सम्हाल्नुपर्ने व्यक्तिले संविधान, विधि र प्रक्रियालाई ठाडो चुनौति दिन खोजेको भन्दै संसदीय सुनुवाइ विशेष समिति प्रतिनिधित्व गर्ने सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तीका लागि अस्वीकार गर्ने तयारी गरेका छन । जोशीलाई सुनुवाईको माध्यमबाट अस्वीकृत गर्ने तयारी भएपछि नेपाली कांग्रेसले कहिले पार्टीको आन्दोलन त कहिले नेतासँगको सल्लहका लागि भन्दै समय मागेर र बैठक बहिष्कार गर्ने धम्की दिएर बैठक बस्न दिएको छैन ।

भोलि शुक्रबारका लागि निर्णायक भनेर डाकिएको बैठकमा पनि कांग्रेसले अबरोध गर्ने वा बहिष्कार गर्ने चेतावनी दिएर प्रक्रिया अबरुद्ध गर्न खोजे आइतबार बिहान १० बजेनै जोशीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी नेकपाका नेताहरुले गरेका छन ।

सुनुवाई समितिका सदस्य समेत रहेका नेकपाका नेता सुमनराज प्याकुरेलले शुक्रबार पनि निर्णयमा अबरोध गरे महाअभियोगको बाटो रोज्ने बताएका छन । यता कांग्रेसले भने बैठकमा विषयमा छलफल नै हुन नदिएर अराजकता प्रस्तुत गरिरहेको छ ।

प्रकाशित मिति : August 2, 2018 at 12:17 pm