१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

कांग्रेस सभापति देउवाले प्रहरीको पम्पमा पैसा नतिरी फुल ट्यांकी तेल हाल्ने गरेको खुलासा

१६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पैसा नै नतिरी तेल हाल्ने गरेको खुलासा भएको छ । जनआस्था साप्ताहिकले सभापति देउवाले पैसा नै नतिरी प्रहरीको पम्पबाट तेल हाल्ने गरेको खुलासा गरेको हो ।

अहिले प्रहरी प्रधान कार्यालय, नक्सालको कल्याणकारी पेट्रोलसम्पमा काम गर्ने कर्मचारी देउवाले पठाएको उक्त गाडी देख्ने वित्तिकै दायाँबाँया लाग्ने गरेका छन । उनीहरु दाँयाबाँया हुनुको कारण भनेको त्यो गाडी आयो कि फुल ट्यांकी तेल हालिदिनुपर्छ । पैसा पाइन्न । जसले हालिदियो उसैको तलबबाट काटिन्छ या हिसाब मिलान गर्नुपर्ने हुन्छ ।

विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७० को परिच्छेद ४ को विधान अन्तर्गत १३ नं. मा भनिएको छ, ‘सुरक्षाकर्मी खटाउँदा लाग्ने तोकिए बमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।’ तर, उनकै नेता सुशील कोइराला प्रधानमन्त्री छँदा सांसदको हैसियतले उनले समेत उपस्थितिमा तत्कालिन व्यवस्थापिका संसदबाट पारित यही ऐनको खिलाफमा छन, देउवा जनआस्थाले लेखेको छ ।

प्रकाशित मिति : August 1, 2018 at 9:42 pm