२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

सिभिल बैंकको लाभांश घोषणा

६ पुस, काठमाडौँ । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : December 21, 2021 at 1:13 pm