२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चिलीको राष्ट्रपतिमा ३५ बर्षीय गेब्रियल बोरिक विजयी

५ पुस, काठमाडाैँ । चिलीको राष्ट्रपतिमा ३५ बर्षीय गेब्रियल बोरिक विजयी भएका छन । जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा विजयी भएका हुन । बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मत प्राप्त गरेका छन ।

बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएका छन । बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन हुने बाचा गरेका छन । चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०९:०८